arin enterprises

डाँका चोरीको अभियोगमा २ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ माघ २९, शनिबार

बाँकेमा डाँका चोरीमा संलग्न रहेको अभियोगमा आज प्रहरीले २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् ।

उनीहरुलाई १ थान कटुवा पेस्तोलसहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानमा भएको चोरी लुटपाटमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले गत पुस २९ गते बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट गरेको प्रहरीले बताएको छ ।

त्यस्तै गत माघ १७ गते बाँके खजुरा गाउँपालिका बस्ने हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामासमेत उनीहरु संलग्न रहेको बताइएको छ ।

चोरी भएको मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल गाउँपालिका–५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो ।

ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरी टोलीले ती दुईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Categorized in अपराध