arin enterprises

लागू औषधसहित दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ७, शुक्रबार

गौरीगंजको फत्तेपुरबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

गौरीगंजमै बस्ने २० वर्षीय सुरज कुमार महतोसमेत २ जनालाई आज बिहान प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो । 

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध