arin enterprises

दोश्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगीता हुने

SamacharDesk – बिराज | २०८० श्रावण १०, बुधबार

विश्वभरीका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइेसन) ले विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता (World Newah Quiz Contest 2023) को दोश्रो संस्करण सुरु गर्ने भएको छ । संगठनले प्रेश विज्ञप्ती जारी गर्दै प्रतियोगीताको दोश्रो संस्करणको घोषणा गरेको हो ।

संगठनले आउँदो भदौ २ गतेबाट वर्ल्ड नेवाः क्वीज कन्टेस्ट २०२३ सुरु गर्न लागेको हो ।

आधुनिक प्रविधिको माध्यमबाट हुने यस प्रतियोगीतामा विश्वका हरेक कुनाकाप्चामा रहेका १८ वर्षसम्मका र १२ कक्षासम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने संगठनले जनाएको छ ।

प्रतियोगीतामा जम्मा ३२ टोलीको सहभागीता रहने संगठनका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले बताए ।

‘सहभागी टोलीलाई समूह विभाजन गरी एउटा समूहमा चार वटा टोली राखी प्रतियोगीता गरिनेछ । अन्तिममा चार वटा टोली बिचच फाइनलमा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई नगद पुरस्कार समेत दिइनेछ’ अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगीतामा पहिलो स्थान हासिल गर्नेलाई एक हजार अमेरिकी डलर दिइनेछ । त्यस्ते दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार पाउनेले क्रमशः ८००, ६०० र ४०० अमेरिकी डलर पुरस्कार पाउनेछन् । प्रतियोगीताको हरेक राउण्डको विजेता टोलीलाई ८० अमेरिकी डलर पुरस्कार दिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगीतामा भाग लिन वर्ल्ड नेवाः अर्गनाइजेसनको वेबसाइट www.worldnewah.org मार्फत आउँदो साउन २७ गते भित्रमा फारम भर्नको लागि संगठनले आह्वान गरेको छ ।

प्रतियोगीतामा सहभागी हुनका लागि नेपालको एउटा टोलीको लागि ने.रू. एक हजार रुपैयाँ र नेपाल बाहिरको एउटा टोलीको लागि २५ अमेरिकी डलर प्रवेश शुल्क तोकिएको छ ।

Categorized in समाज