arin enterprises

अपहरित बालिकाको उद्धार, अपहरणमा संलग्न ३ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ४, मंगलबार

ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब ३ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ । 

प्रहरीले बालिका अपहरणमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही हरिवन नगरपालिका–८ बासटोलका ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका–८ बुझाकोटकी २३ वर्षीया सिता परियार र धनुषा धारापानी गाउँपालिका–२ घर भएका ४० वर्षीय कृष्ण तोलामी रहेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–४ मनकामना चोकमा खेलिरहेको समयमा साईकल चढी आएका ब्यक्तिहरुले बालिकालाई साईकलमा राखी लगेका थिए ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ललितपुर महानगरपालिका–२९ हरिसिद्धीस्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा बालिकालाई उद्वार गरीएको थियो । 

साथै उक्त घटनामा प्रयोग भएको १ थान साइकल समेत प्रहरीले बरामद गरेको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Categorized in अपराध