arin enterprises

ब्राउन सुगरसहित ३ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय नसरुद्धिन राई, सोही ठाउँ बस्ने २५ वर्षीय मेराज कपडिया र भारत रुपैडिहाका १८ वर्षीय  किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध