arin enterprises

नलकटुवा पेस्तोल सहित तीन जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

सिरहा जिल्लाको, मिर्चैया नगरपालिका ५ बार्हबिघाबाट १ थान नलकटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ बस्ने १९ बर्षीय अजय शर्मा, सोही नगरपालिका ५ बस्ने १९ बर्षीय ज्ञानु कुमार मण्डल र ३९ बर्षीय रमेश साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले को ३५ प ४०१३ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार अजय शर्मा र ज्ञानु कुमारलाई उक्त पेस्तोल सहित पक्राउ गरेको थियो । 

सोधपुछको क्रममा उनीहरुलाई सोही ठाउँस्थित रमेश साहले किराना पसलबाट उक्त हतियार दिएको बताए पश्चात साहलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Categorized in अपराध