arin enterprises

चितुवाको छालासहित पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०७९ बैशाख १४, बुधबार

सुर्खेतमा एक थान चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापालगायत ३ जनालाई चितुवाको छालासहित आज पक्राउ परेका हुन् ।

उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । होटलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको बेलामा उनीहरूलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध