arin enterprises

थप ३,५५३ मा देखियो कोरोना सङ्क्रमण

SamacharDesk – समाचारडेस्क | २०७८ पौष २९, बिहिबार

बिहीबार १५ हजार ८१ नमूना परीक्षण गर्दा थप ३,५५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार जारी कोभिड–१९ सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार पीसीआर विधिबाट १० हजार ४९८ नमूना परीक्षणमा २,९२२ जनामा र एन्टिजेन विधिबाट ४,५८३ नमूना परीक्षणमा ६३१ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यससँगै पीसीआर विधिबाट परीक्षणमा हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ४१ हजार २९७ पुगेको छ । यस्तै, एन्टिजेन विधिबाट परीक्षणमा ९९ हजार २२५ जना पोजिटिभ देखिएको छ । 

Categorized in राष्ट्रिय