arin enterprises

शुद्धताको प्रतिवद्धतासहित न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात

SamacharDesk – बिराज | २०७८ माघ १२, बुधबार

काठमाडौंको मुख्य व्यापारिक क्षेत्र नयाँ सडकमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात भएको छ ।

‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित नयाँ सडकको बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्समा उक्त ज्वेलरी पसल खोलिएको हो ।

ग्राहकलाई सुपथ मूल्यमै फोर नाइन अर्थात २४ क्यारेटको शुद्ध सुनको गहनालगायतका सामग्री उपलब्ध गराउने ज्वलेर्सका संचालन अमीर सुनारले बताए ।

‘सहुलियत मूल्यमा शुद्ध सुनका गहनाहरु उपलब्ध गराउने हाम्रो उद्देश्य हो । एकैपल्ट धेरै नाफा कमाउनु छैन, ग्राहक हाम्रो सेवाबाट सन्तुष्ट होस्, पैसा भनेको कमाइएला’ सुनारले भने ।

गहनाका डिजाइनदेखि पसलको सजावटले पनि ग्राहकको मन छोओस् भनी सजावटमा पनि विशेष ध्यान दिएको सुनारले बताए । पसलको सजावटमा ८ देखि १० करोडको लगानी गरेको जानकारी उनले दिए ।

करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम शुरु गरेका सुनारले यो पसलसँगै काठमाडौंमा पनि आफ्नो व्यवसाय विस्तार गरेका हुन् ।

करीब ३ वर्ष अगाडी नै यसै भवनमा आफ्नो व्यवसाय शुरुवात गर्ने सोच लिएको सुनारले बताए । बजारको विस्तृत अध्ययन गर्दै अहिले भवन तयार भएसँगै पसलको शुरुवात गरेका हुन् ।

Categorized in बिजनेस