arin enterprises

४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु

SamacharDesk – विकाश | २०७७ आषाढ १८, बिहिबार

नेपालमा ४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

म्याग्दीका ४९ दिने शिशुको उपचारको क्रममा हिजो साँझ ४ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

म्याग्दी जिल्ला धौलागिरी नगरपालिका ४ का उक्त शिशुको स्वास्थ्यमा समस्या देखिएपछि गत असार ९ गते उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शिशुलाई आइसीयूमा राखी भेन्टिलेटरको सहयोगमा उपचार गरिँदै थियो ।

शिशुको पहिलो चरणको डायोलाइसिस समेत गरिएको बताइएको छ ।

हिजो साँझ उक्त शिशुको मृत्यु भएसँगै नेपालमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

Categorized in समाज