arin enterprises

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ५, बुधबार

वीरेन्द्रनगरमा पञ्चकोशी होटलबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् ।

प्रहरीले रेडपान्डाको २ थान छालासहित दैलेख नौमुले गाउँपालिका–२ बस्ने २६ वर्षीय मनोज बिकसमेत ४ जनालाई आज बिहान पक्राउ गरेको हो । 

होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । 

कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनीहरुलाई उक्त छाला र ४ थान मोबाइल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध