arin enterprises

एकै दिन सात पटक भुइँचालो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० कार्तिक ५, आइतबार

आज आइतबार एकैपल्ट सात पटक भुइँचालो गएको छ ।

आज पहिलो पटक विहान ७ बजेर ३९ मिनेटमा भुइँचालोको धक्का महसूस भएको थियो । सो समयमा धादिङ केन्द्रविन्दु भई ६.१ म्याग्निच्यूडको भुकम्प गएको थियो ।

आज बडादशैंको अष्टमीको दिन सबैजना घर भित्र चाडको तयारी र पूजाआजा गर्दै गरेको बेला भुइँचालो जाँदा घर बाहिर निस्केका थिए ।

त्यसपछि करीब ८ देखि ९ बजेको बीचमा तीन पटक भुइँचालो गएको थियो । ८ः०८ बजे ४.२, ८ः२८ बजे ४.३ र ८ः५९ बजे ४.१ म्याग्निच्यूडको भुकम्प गएको हो ।

फेरी साँझको ४ बजेदेखि साढे ५ सम्मको समय बीचमा पनि तीन पटक भुइँचालोको धक्का महसूस गरिएको थियो । साँझ ४ः०३ बजे ४.४ म्याग्निच्यूड, ५ः३१ मा ५ म्याग्निच्यूड र ५ः३३ मा ५.१ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

सातै वटा भुइँचालो धादिङ केन्द्रविन्दु भएर गएको थियो । सबै भुकम्पहरु ७२ सालको गोरखा भुकम्पकै पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।

Categorized in समाज