arin enterprises

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच सम्झौता

SamacharDesk | २०७८ चैत्र २९, मंगलबार

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माई पे वालेट)बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।

राजधानी काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि  सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् भने माई पे मार्फत बिभिन्न व्यापार–व्यवसायमा आवद्ध व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिनसक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्पmत कारोवारको भुक्क्तानी तथा फच्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीले बताएको छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने आशा कम्पनीले लिइएको छ ।

Categorized in बिजनेस