बिना बिलका विभिन्न समानसहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

काठमाडौंको सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको टोलीले भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोवाईल डिसप्ले, ५ सय ९३ पिस विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, ६ हजार थान क्यालकुलेटर र ५ थान मोवाइल डिसप्ले बोर्ड समेत प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध
