arin enterprises

आर्सनल लिगको शीर्ष तालिकामा कायमै

SamacharDesk | २०७९ फाल्गुण १४, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई १–० ले हराएको छ ।

लेस्टर सिटीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टीनेलीले निर्णायक गोल गरे ।

जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको अग्रतालाई जारी राख्यो । लिगमा आर्सनलको २४ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५५ अंकसहित दोस्रो स्थानमा छ ।

गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–१ ले हरायो । बर्नमाउथको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन जुलियन अल्भारेज, अर्लीङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गर्दा बर्नमाउथका क्रिस मेफमले एक आत्माघाति गोल गरे ।

पराजित टोली बर्नमाउथको लागि जेफर्सन लेर्माले एक गोल फर्काए । गएराति भएका प्रिमियर लिगका अन्य खेलहरुमा एस्टन भिल्लाले एभर्टनलाई २–० ले हराउँदा वेष्ट ह्याम युनाइटेडले नटिङ्घम फरेष्टलाई ४–० ले तथा लिड्स युनाइटेडले साउथह्याम्पटनलाई १–० ले पराजित गरे ।

लिभरपुललाई भने क्रिष्टल प्यालेसले गोलरहित बराबरीमा रोकेको छ ।

Categorized in स्पाेर्ट्स