कांग्रेस चुनाव लक्षित घरदैलो अभियानमा
SamacharDesk | २०७८ फाल्गुण २५, बुधबार

नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो।
गत प्रतिनिधिसभा निर्वाचनपश्चात गठित ‘नेकपा नेतृत्वको सरकारको भण्डाफोर र एमसीसी अनुमोदनको बचाउ गर्ने’ मुख्य कार्यक्रमसहित नेपाली कांग्रेस चुनाव केन्द्रीत अभियानमा होमिएको छ । बैशाख ३० गते स्थानीय निर्वाचन हुन लागेको सन्दर्भमा कांग्रेसले केन्द्रदेखि टोल समितिसमेत सक्रिय हुनेगरी १ महिने अभियान घोषणा गरेको हो । फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानलाई ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको छ ।
काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भन्नुभयो, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’ ‘जनताको आवश्यकता, पीर मर्का, चाहना एवं आकांक्षहरुलाई पनि बुझ्ने र विपक्षीहरुले गरेका कुप्रचार तथा भ्रमहरुलाई पनि चिर्ने उद्देश्यका साथ हामीले अभियान सुरु गर्दैछौ’, कांग्रेस प्रवक्ता महतको भनाई छ ।
Categorized in राजनीति