बुद्धको ज्ञान र सन्देश प्रवर्द्धनका लागि धम्महल निर्माण
SamacharDesk – बिराज | २०७८ फाल्गुण १५, आइतबार

बुद्धको ज्ञान र सन्देश प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन धम्महल निर्माण भएको छ ।
काठमाडौं महानगरपालिकाको करिब ३ करोड ७८ लाख आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो । कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले त्यसका लागि सहयोग गर्दै आएको बताउनुभएको छ ।
मेयर शाक्यले नेपाल बुद्ध जन्मिएको देश भए पनि बुद्धका बारेमा अध्ययन गर्न र बुद्धको ज्ञान लिन देश बाहिर जानुपर्ने बाध्यता अहिले पनि रहेकोले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले सहयोग गर्दै आएको उहाले बताउनुभयो ।
कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि महानगरपालिकाले गरेको आर्थिक सहयोग त्यहि अभियान अनुसार नै भएको स्मरण गराउनुभयो । महानगरपालिका र अन्य सहयोगबाट यहाँ स्तरीय हल बनेको देख्दा खुसी लागेको मेयर शाक्यले बताउनुभयो ।
त्यस्तै अन्य ठाउँमा पनि यस्ता विहार निर्माणमा सहयोग गर्दै आउने महानगरको नीतिभित्र पर्ने जानकारी समेत दिनुभयो ।
Categorized in स्थानीय