arin enterprises

डल्लुको ऐतिहासिक बौद्ध चैत्य पुनर्निर्माण हुने

SamacharDesk – Ram Dangol | २०८० श्रावण २६, शुक्रबार

काठमाडौं डल्लुस्थित तंपिता पुलसँगै रहेको बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काइएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष न्हुछेकाजि महर्जनले बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काईको जानकारी दिएका छन् ।

उनले भने,‘ चिभा खाल्डोमा परेको र फोहोर माटोले पुर्न लागेकोले उकास्न लागेको हो, पुननिर्माणको लागि जग बनाउनको लागि अलि चैत्य हटाएको र फेरि त्यही ठाउँमा राख्ने हो ।’

खोला नजिक रहेको उक्त चैत्य सडकभन्दा करिब १५/२० फिट तल परेपछि उक्त बौद्ध चैत्यलाई बाटोको सतहमा ल्याउन भत्काइएको जनाइएको छ ।

अहिले त्यसको निर्माण कार्य भइरहेको छ । चैत्य नजिक स्मार्ट ट्वाइलेट तथा क्रियापुत्री भवनको पनि निर्माण भइरहेको छ ।

केही दिन अघि पुरातत्व विभागलाई समेत जानकारी नदिई चैत्य जथाभावी रुपमा भत्काइएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

Categorized in समाज