arin enterprises

नवजात शिशु बेच्ने डाक्टर पक्राउ

SamacharDesk | २०८० भाद्र ६, बुधबार

नवजात शिशु बिक्री गरेको आरोपमा कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् ।

उनले निःसन्तान दम्पत्तिलाई ५ लाख रुपैयाँमा शिशु विक्री गरेको पुष्टि भएको छ । डा. कर्ण अविवाहित जोडी भोजपुर हतुवागढीका गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछी पक्राउ परेका हुन् ।

कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए ।

उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

डा. कार्णले यसअघि गत असारमा अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु पनि काठमाडौंका अग्रवाल थरका एक निःसन्तान दम्पतीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको पुष्टी भएको छ ।

Categorized in अपराध