आन्तरिक हवाई भाडा बढ्यो
SamacharDesk | २०७८ फाल्गुण २२, आइतबार

नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडादर वृद्धि गरेको छ ।
दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो । मूल्य समायोजनसँगै संघले हिजो नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ । काठमाडौं–भद्रपुर ३००, काठमाडौं–विराटनगर २४०, काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ । आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म भाडा बृद्धि भएको संघले जनाएको छ ।
सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ । नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ ।
Categorized in बिजनेस