arin enterprises

टोटनह्याम, आर्सनल र चेल्सी विजयी

SamacharDesk | २०८१ मङ्सिर ९, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई ४–० ले हराएको छ ।

सिटीको मैदानमा गएराति भएको खेलमा टोटनह्यामलाई शानदार जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गर्दा ब्रेनान जन्सन र पेड्रो पोरोले एक एक गोल गरे ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर सिटीको सबै प्रतियोगितामा यो लगातार पाँचौ हार हो । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले नट्घिम फरेष्टलाई ३–० ले हराउँदा चेल्सीले लेष्टर सिटीमाथि २–१ को जित निकाल्यो ।

यसैगरि वुल्भरह्याम्पटन वान्डरर्सले फुल्हमलाई ४–१ ले हराउँदा ब्राइटनले बर्नमाउथलाई २–१ ले पराजित ग¥यो । गएराति एस्टन भिल्ला र क्रिष्टल प्यालेसले २–२ गोलको तथा एभर्टन र ब्रेन्टफोर्डल गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज लिभरपुल र साउथह्याम्पटन भिड्दा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनसँग खेल्नेछ ।

गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा ११ खेलबाट २८ अंक जोडेको लिभरपुलको अग्रता कायमै छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ भने चेल्सी, आर्सनल र ब्राइटनको समान २२ अंक छ ।

Categorized in स्पाेर्ट्स