एमाले र राप्रपाबीच चुनावी तालमेल
SamacharDesk | २०७८ चैत्र ३०, बुधबार

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने भएको छ । आज थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा उक्त सहमति भएको छ ।
अब स्थानीय तहको चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चिन्ह लिएर उठ्ने छ र सहमतिमा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँचबुँदे सहमति भएको हो ।
राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवार सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने समहति भएको छ । देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने सहमति भएको छ ।
त्यस्तै, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहेन र हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।
यसैगरी नेपाल परिवार दलसंग पनि चुनावी तालमेलको निर्णय भएको छ । ती दलका उम्मेदवार एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावमा जाने छन् ।
Categorized in राजनीति