युरोपको आणविक उर्जा केन्द्रमा गोलाबारी
SamacharDesk | २०७८ फाल्गुण २०, शुक्रबार

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो जापोरिज्जिया आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ ।
केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ ।
युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् । ट्याङ्कसहित सहरमा प्रवेश गरी रुसी सेनाले प्लान्ट कब्जा गर्ने प्रयास गरेका थिए तर बुधवार प्लान्ट र यसको वरपरका सडकहरूमा बासिन्दा र कामदारहरू भेला भएका थिए ।
युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको खबर स्थानीय शहर इनरगोदारका मेयरले दिएको भन्दै तत्काल आगो निभाउन रुसी सेनालाई आग्रह गर्नुभएको हो ।
उक्त आणविक केन्द्रबाट युक्रेनको एक तिहाइ उर्जा आपूर्ति हुँदै आएकोथियो । गएराती इनरगोदार शहरका मेयर दिमित्रो ओर्लोभले ठूलो संख्यामा रुसी सेना आणविक केन्द्रतर्फ गईरहेको जानकारी दिएका अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले रुसी आणविक केन्द्रमाथि कुनै क्षति नपुर्याउन रुसी सेनालाई आग्रह गरेकोथियो ।
Categorized in अन्तर्राष्ट्रिय