arin enterprises

अफगानिस्तानमा छात्रालाई विद्यालय जान बन्देज

SamacharDesk | २०७८ चैत्र १०, बिहिबार

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ ।

सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले हिजोदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्द गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन् ।

छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुःखी भएका छन् । तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले निर्णय कार्यान्वन हुन नसक्नुको कारणका बारे अहिले नै विस्तृत व्याख्या गर्न आफुहरुलाई अनुमति नभएको बताउनु भएको छ । विश्वभरीबाट आएको दवावले तालिवान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो ।

तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिवान सरकार पछाडि हटेको छ । तालिवान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले तालिवान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुःखी बनाएको टिप्पणी गरेका छन्

Categorized in अन्तर्राष्ट्रिय