arin enterprises

जेष्ठ नागरिक अस्पताल बनाउने प्रस्ताव सरकारद्वारा स्वीकृत

SamacharDesk | २०७८ फाल्गुण २७, शुक्रबार

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम र प्रभातफेरि, अंगदान तथा अंग प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया, फुटबल खेललगायतका कार्यक्रम गरी मनाइयो ।

यसै अवसरमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । यस्तो परीक्षण वर्षको एकपटक हुने छ ।

साथै मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको जनाएको छ । मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य मन्त्री खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिंदै मुख्य सचिव शंकरदास बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका थिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ९अथक०ले जानकारी दिनुभयो ।

 

Categorized in राष्ट्रिय