arin enterprises

गोविन्द बन्दी कानून न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त

SamacharDesk | २०७८ चैत्र २४, बिहिबार

प्रधानमन्त्री देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई नियुक्त गर्नुभएको छ ।

सांसद समेत नरहेका अधिवक्ता गोविन्द बन्दीलाई कानुन मन्त्रालयको जिम्मेवारीसहित नियुक्तिका लागि प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको हो ।

उहाँ नेकपा एकीकृत समाजवादीको कोटाबाट मन्त्री बन्नु भएको हो । बन्दी संक्रमणकालीन न्याय विज्ञका रुपमा चिनिनुहुन्छ ।

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला ९बन्दी० ले आजै पदभार ग्रहण गर्नुभएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे लगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो।

शीतल निवासमा दिउँसो २ बजे शपथ लिएर उहाँ पदभार ग्रहणका लागि सिंहदरबार पुग्नुभएको थियो।

बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिँदा उक्त मन्त्रालयको नेतृत्व गरिरहनु भएका दिलेन्द्रप्रसाद बडूलाई भने उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । रिक्त रक्षा मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैले राख्ने हुनुभएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082