arin enterprises

सम्पदा यात्रा बस संचालनमा

SamacharDesk | २०८० जेठ ९, मंगलबार

काठमाडौं उपत्यकामा आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन भएको छ ।

उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको हो । सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बस सञ्चालन हुने भएको छ ।

यस्तै, बस सेवा तत्काका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।

आज ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ को शुभारम्भ गर्नुभयो ।

मन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले सानो काम भएपनि सरकारले ठूलो मेहनत गर्नुपरेको बताउनु भयो ।

उहाँले बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भएपनि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानून नभएका कारण अफ्ठ्यारो परेको बताउनु भयो। मन्त्री किराँतीले आजबाट शुभारम्भ भएको सेवा नरोकि अझै बस थपेर जाने कुरामा सबैको प्रतिवद्धता रहेको पनि बताउनु भयो ।

उहाँले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षण पश्चात सेवा बिस्तार गरिनेसमेत जानकारी दिनुभयो । उहाँले सम्पदा बसमा पर्यटन मन्त्री किराँतीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गर्नुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त शहर बनाउने प्रयास अन्तर्गत महानगरपालिकाले अब उपरान्त कुनै पनि गाडी खरिद् गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय
SKIP THIS maharjan complex bumper adv