arin enterprises

न्हापांगु पलाःबाट महिलाहरु सम्मानित

SamacharDesk | २०७८ फाल्गुण २३, सोमबार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्हापांगु पलाः नेवाः मिसा पुचःले चार जना महिलाहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा क्रमशः भ्यान्टी महर्जन, विश्वको सर्वाेच्च शिखर सगरमाथामा दक्षिण र उत्तरी मोहडाबाट सफल आरोहण गरेकी महिला पत्रकार कल्पना महर्जन, मिस नेवाः ११३२ तथा रञ्जना लिपिका प्रशिक्षक सुनिता डंगोल र वन्दे टोलकी १०५ वर्षिया बुद्धिमाया महर्जन हुन् । 

यो वर्षको यशोधरा सम्मान ललितपुर थेच्व निवासी भ्यान्टी महर्जनलाई दिइएको छ । पुचःले समाजमा विभिन्न क्षेत्रमा सफल बनाउन अग्रनी भूमिका खेल्नै आएकाहरुलाई मिसा पुचःले प्रत्येक वर्ष यशोधरा सम्मान दिइँदै आएको छ । त्यसैले सर्वाेच्च शिखर सगरमाथा आरोहणमा कल्पनालाई प्रोत्साहित गरेकी सासुआमा भ्यान्टीलाई यो वर्षको विशेष सम्मान दिइएको न्हापांगु पलाः नेवाः मिसा पुचःकी अध्यक्ष शिला साय्मीले बताइन् । 

कार्यक्रममा सहभागी ३५ जना जेष्ठ नागरिकमध्ये आमाहरुलाई सम्यक र सिरपा सायमीले आफ्नो बिवाह उत्सवको उपलक्ष्यमा साडी र चोलो, न्हापांगु पलाः नेवाः मिसा पुचःले जुत्ता, कांग्रेस नेतृ राज्यलक्ष्मी श्रेष्ठले पछ्यौरो र माधुरी मानन्धरले नगद हस्तान्तरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरुको हकहितको लागि आफै अगाडि बढ्नुपर्ने तर्क गरिन् । उहाँले विगतका समयमा कांग्रेस नेतृ मंगलादेवी सिंहले महिलाको शिक्षाको अधिकार तथा सतिप्रथा विरोधी आवाज बुलन्द गरेको स्मरण गरिन् । अग्रजहरुको योगदानको कारण अहिले महिला तथा पुरुष सहकार्य गरी अघि बढ्ने स्थिति आएको उहाँको भनाइ थियो । 

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ, २० नम्बर वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर, मिसा पुचःका सल्लाहकार संघरत्न शाक्य लगायतको सहभागिता थियो ।

 

Categorized in स्थानीय