आईपीएल क्रिकेटमा पञ्जाबको जित
SamacharDesk | २०८१ बैशाख २०, बिहिबार

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा हिजो भएको खेलमा पञ्जाब किंग्स ७ विकेटले विजय भएको छ ।
हिजोको खेलमा पञ्जाबले चेन्नईलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।
चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६२ रन जोडे । बलिङतर्फ पञ्जाबका राहुल चाहर र हरप्रीत ब्रारले २–२ विकेट लिए । जवाफमा १६३ रनको लक्ष्य पञ्जाबले १७ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा ग¥यो ।
पञ्जाबका जोनी बेयरस्टोले ४६ रन जोड्दा राइले रुसोले ४३ रन बनाए । जितसँगै पञ्जाब १० खेलमा ८ अंकका साथ आइपिएल अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
समान खेलबाट १० अंक जोडेको चेन्नई चौथो स्थानमा छ । आइपिएल क्रिकेटमा ९ खेलबाट १६ अंकसहित राजस्थान रोयल्स शिर्ष स्थानमा रहँदा १२ अंकसहित कोलकाता र लखनउ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
आइपिएल क्रिकेटमा आज वेलुकी सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्नेछन् ।
Categorized in स्पाेर्ट्स