arin enterprises

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

SamacharDesk | २०८१ बैशाख १, शनिबार

एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा पनि नेपालले कतारमाथि सानदार जित निकालेको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा शनिबार भएको नेपाल कतारबीचको खेलमा नेपाले ३२ रनको जित निकालेको हो ।

लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।

कतारका लागि मुहमद तानवीरले ६३ रन बनाए । उनले ३३ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । मोहमद अहनाफले २३,  हिमान्सु् राठोडले अविजित २२, अदनान मिर्जाले १९ र ओपनर कमरन खानले १८ रन बनाए ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुलशन झाले दुईरदुई विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले एकरएक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ६४ रन बनाए ।

अन्तिम ओभरको ६ बलमा ६ छक्का हानेका दीपेन्द्रले २१ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाएको हो । यो संग्र ऐरी अन्तिम ओभरको सबै बलमा छक्का हान्ने नेपालका पहिलो खेलाडी बन्नुभएको छ ।

विश्वमा भने उहाँ टी–२० मा तेस्रो र एक दिवसीयमा अन्तिम ओभरमा ६ छक्का हान्ने पाँचौँ खेलाडी बन्नुभएको छ । दिपेन्द्र म्यान अफ दि म्याच पनि भएका छन् ।

यस्तै आशिफ शेखले ५१ रनको अर्धसतकीय पारी खेले । कुशल मल्ले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र ओपनर कुशल भुर्तेलले १२ रन बनाए ।

Categorized in स्पाेर्ट्स