इमरान खानले विश्वासको मत पाएन
SamacharDesk | २०७८ चैत्र २७, आइतबार

पकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वाशको मत गुमाएपछि सत्ता गुमाएका छन् ।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा गएराती भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत पु¥याउन सकेनन् । आफुविरुद्धको अविश्वाशको प्रस्ताव पास हुने देखेपछि प्रधानमन्त्री खानले संसद विघटन गर्दै चुनाव घोषणा गरेका थिए ।
खानको यो निर्णयविरुद्ध विपक्षी दलहरुले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै अविश्वाशको प्रस्तावमाथि छलफल गर्न आदेश दिएको थियो । त्यसपछि हिजो भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएका हुन् ।
संसदमा भएको मतदानमा अविश्वाशको प्रस्ताव पास हुन १ सय ७२ भोट आवश्यक रहेकोमा १ सय ७४ भोट परेको छ । पाकिस्तानको संसदले भोलि नयाँ प्रधानमन्त्री चयन गर्दैछ । इमरान खानले आफुलाई अमेरिकाको षड्यन्त्रमा बलजफ्ती हटाईएको आरोप लगाउँदै अब बन्ने नयाँ सरकारलाई आफुले नचिन्ने बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय