arin enterprises

आज थःनेयाः, समयबजी पुन्ही पनि मनाईंदै

SamacharDesk – डंगोल | २०८० आश्विन १२, शुक्रबार

येँया (इन्द्रजात्रा) अन्तर्गत आज थःनेयाः अर्थात् सहरको माथिल्लो क्षेत्रमा जात्रा मनाईंदैछ ।

आजको दिन जीवित देवी कुमारी, गणेश, भैरवको रथलाई  वसन्तपुरबाट रथ तानेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर ल्याईपु¥याई आजको जात्रा समापन गरिन्छ ।

थःनेयाःका दिन आज पनि हिजो जस्तै सवभक्कु, लाखे, पुलुकिसि सँगसँगै गणेश, भैरव र कुमारीको रथ जात्रा गरिन्छ । सांस्कृतिक बाजागाजासहित रमाइलो गरी मनाइन्छ ।

यंया पु्न्हिको दिनलाई स्थानीय नेवारहरु समयबजि पुन्हि पनि भन्ने गर्छन् ।

आजको दिन घरघरमा समयुबजि बाँड्ने र खाने गरिन्छ भने कुमारी, गणेश, भैरवलाई ठाउँठाउँमा समय्बजी चढाइन्छ र प्रसादको रुपमा ग्रहण गर्नेगर्दछ ।

यो दिनमा समूह मिलेर ला छकू वयक समबजि भन्दै टोलटोलमा समयबजि माग्ने चलन पनि रहेको छ । स्याःबजि (एक प्रकारको च्युरा), हाकु मुस्या (कालो भटमास), पालु कुचा (अदुवाको टुक्रा), छोयला र व: को पञ्च तत्व स्वरुपको तान्त्रिक खानेकुरा हो समयबजि ।

स्याःबजि भन्नाले आकाशको प्रतीक, हाकु मुस्या भन्नाले वायुको प्रतीक, अदुवाका टुक्रा तेजको प्रतीक, माछा । मासु जलको प्रतीक र बारा पृथ्वीको प्रतीकको रुपमा लिएका छन् ।

जात्राको पछिल्लो दिन यँलागा चौथी अर्थात् भाद्रकृष्ण चौथीको दिन नानीचायाः भनेर रथ मरुटोलबाट प्याफल हुँदै किलागलबाट इन्द्रचोकतिर तानेर जात्रा सम्पन्न गरिन्छ।

रथ जात्रा गरिँदा रथको अगाडि अगाडि लाखे नाच र पुलकिसि नाच ल्याइन्छ। त्यसपछि गणेश र भैरवको रथ अनि सबैभन्दा पछाडि कुमारीको रथ तानेर ल्याइन्छ।

नानीचायाःको दिन बेलुकी यःसिं ढालेर येँयाः जात्रा सम्पन्न भएको घोषणा गरिन्छ। ढालेको यःसिंलाई टेकु दोभानमा लगेर विसर्जन गरिन्छ।

Categorized in संस्कृति
SKIP THIS tihar2082