लिभरपुलले नवाैं पटक जित्यो कारबाओ कप
SamacharDesk | २०७८ फाल्गुण १६, सोमबार
यस वर्षको कारबाओ कप लिभरपुलले जितेको छ । चेल्सीलाई हराउँदै लिभरपुलले नवौं पटक कारबाओ कपको उपाधि जितेको हो ।
गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै च्याम्पियन बनेको हो। लिभरपुल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोल नभएपछि टाई ब्रेकरबाट छिनोफानो गरिएको हो ।
टाइ ब्रेकरमा लिभरपुल १० को विरुद्ध ११ गोलले विजयी भयो । दुबै टोलीका १०–१० जना खेलाडीले गोल गरेपछि गोलकिपरको पालो आयो । लिभरपुलका गोलकिपर केलेहरले गोल गरेपछि दबाबमा आएका चेल्सीका किपर अरिजाबालागाको प्रहार आकाशिएपछि चेल्सी पराजित हुनपुग्यो ।
खेलका चेल्सीले तिन पटक अफसाइड गोल गरेको थियो ।
Categorized in स्पाेर्ट्स