नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक
SamacharDesk | २०८१ मङ्सिर १०, सोमबार
यही मंसिर १५ गतेदेखि संचालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक गरिएको छ ।
आज काठमाडौंको सुन्धारामा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफि अनावरण गर्नुभएको छ ।
अनावरण समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली क्रिकेटको लागि विशेष रहेको बताउँदै खेलकुदको विकासमा सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।
समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतको सहभागिता रहेको थियो ।
ट्रफीमा सगरमाथा क्षेत्रको कालापत्थरबाट ल्याईएको ढुंगा समेत प्रयोग गरिएको बताइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै आयोजना र पूर्ण स्वामित्वमा गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट लिग एनपिएलका खेलहरु यही मंसिर १५ देखि हुनेछन् ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् । एनपिएल क्रिकेटमा जनकपुर बोल्ट्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुपश्चिम रोयल्स सहभागि छन् ।
प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।
Categorized in स्पाेर्ट्स