arin enterprises

मिस वल्र्डमा भाग लिन नम्रता अमेरिका प्रस्थान

SamacharDesk | २०७८ फाल्गुण २७, शुक्रबार

कोरोना महामारीका कारण स्थगित भएको मिस वल्र्ड प्रतियोगिता यस वर्ष अमेरिकामा आयोजना हुने भएको छ ।  

७० औं मिस वर्ल्डमा कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको हो ।

यसका लाग नेपालको तर्पmबाट भाग लिन भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गरेकी छन्। श्रेष्ठ बिहीबार बेलुका अमेरिकाको पुएर्तो रिकोतर्फ प्रस्थान गरेकी हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा ‘द हिडन ट्रेजर’ का अध्यक्ष दीवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंशाकार र शरद श्रेष्ठले बिदाइ गरे।

आगामी मार्च १६ र १७ मा हुने ब्यूटी विथ प्रपोजको प्रिजेन्टेसनमा नम्रताले भाग लिने छिन्। उनी २० मार्चमा नेपाल फर्किने तालिका रहेको द हिडेन ट्रेरजरले जनाएको छ। 

यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाउन पाउने द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले जानकारी दिए।

नम्रता यसअघि नै हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा पुगिसकेकी छन्। 

Categorized in पेजथ्री