नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा
SamacharDesk | २०७८ फाल्गुण २४, मंगलबार

पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएपछि नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ ।
अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ ।
रुस र युक्रेनबीचको युद्धको असरले समेत डलरको मूल्यमा वृद्धि भएको देखिन्छ । जसले गर्दा विश्वव्यापी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।
Categorized in बिजनेस