नेपाली इन्जिनियरहरुले ‘मैचा’ विद्युतीय गाडी बनायो
SamacharDesk – Ram Dangol | २०७८ चैत्र १, मंगलबार

थापाथली क्याम्पसका इन्जिनियरहरुले विद्युतीय गाडी बनाएका छन् । ‘मैचा’ नाम दिएको उक्त विद्युतीय गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।
मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु¥याउने लक्ष्य राखेको बताए । उक्त टोलीले नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नुको साथै शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो विद्युतीय सवारी टोली पनि हुन्
विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । ‘मैचा’ को ब्याट्रीले १ kwh चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । सबै नियमहरु पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको छ ।
यस टोलीलाई भविष्यमा मैँचा जस्तै विद्युतीय गाडी तथा अन्य आविष्कारका लागि गोल्छा गु्रुपले आर्थिक सहयोग गरेका छन् ।
Categorized in विज्ञान-प्रविधी