arin enterprises

नेपाली श्रमिकलाई कोरियामा प्रवेश खुला

SamacharDesk | २०७८ फाल्गुण १७, मंगलबार

विश्वभर पैmलिएको महामारी क्रोरोना संक्रमणको कारण माघको दोस्रो सातादेखि रोकिएको कोरिया प्रवेश अब खुल्ने भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवाका लागि पुनः प्रवेश खुला भएको हो । वैदेशिक रोजगार विभागका अनुसार फागुुन २३ गते ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि छनोट भएर पनि जान नपाएका मध्येबाट २३६ जना एकैपटक कोरिया जाने छन् । सो दिन यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन् । प्रतिबद्ध श्रमिक भन्नाले ईपीएसमार्फत कोरिया गएर चार वर्ष १० महिना काम गरेर समयभित्रै फर्केकालाई बुझाउँछ ।

अब उडान खुला भएसँगै नियमित र प्रतिबद्ध दुवै तरिकाबाट कोरिया जान छनोट भएका युवा कोरिया प्रवेश गर्न पाउने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुुभयो ।

विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब सात हजार र प्रतिबद्ध श्रमिकतर्फबाट तीन हजार गरी दस हजार श्रमिक कोरिया जान छनोट भएका छन् । यीमध्ये एक हजार ७१ युवा कोरिया प्रवेश गरिसकेको र बाँकी जाने प्रतीक्षा छन् ।

यस विषयमा महानिर्देशक पौडेलले र कोरियाको मानव संसाधन विभाग ९एचआरडी० का प्रमुखसँग कुराकानी भएको र उहाँ सकारात्मक देखिएको बतायनुभयो । उहाँले नेपाली श्रमिकको कामप्रति कोरियाको सरकार सन्तुष्ट रहेकाले कोरियाका लागि छनोट भएका नेपाली श्रमिक अबको समयमै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

कोरिया प्रवेश गर्ने युवाले कोभिड–१९ विरुद्धको खोप कार्ड वा क्यूआर कोड प्रमाणपत्रको प्रतिलिपि र दक्षिण कोरिया पुगेपछि १० दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्न आवश्यक पर्ने प्रतिदिन एक लाख २० हजार कोरियाली मुद्रा १२ लाख वन अर्थात् एक लाख १९ हजार रुपियाँ पनि आवश्यक पर्ने भएको छ ।

Categorized in बिजनेस