पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको चयन
SamacharDesk | २०७८ चैत्र २८, सोमबार

पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।
आइतबार इमरान खानलाई अविश्वासको मतबाट अपदस्थ गरेपछि नयाँ प्रधानमन्त्रीको चयन गर्न लागेको हो । प्रधानमन्त्री दावेदारको रुपमा विपक्षी गठबन्धनका नेता शाहबाज सरिफले बहुमत प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
केही दिनको राजनीतिक नाटक र सर्वोच्च अदालतको हस्तक्षेपपछि ६९ वर्षीय खानलाई मतदानबाट हटाइएकोथियो ।
उनले संसद विघटन र तत्काल निर्वाचनको आह्वान गरेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यसअघिको प्रयासलाई रोक्ने प्रयास गरेका थिए ।
यद्यपि, देशको सर्वोच्च अदालतले विपक्षी याचिकालाई उनको कार्य असंवैधानिक भएको ठहर गर्दै मतदान अघि बढाउन आदेश दिएकोथियो ।
Categorized in अन्तर्राष्ट्रिय