प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्कनबीच फोनवार्ता
SamacharDesk | २०७८ फाल्गुण १८, बुधबार

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गर्नुभएको छ ।
गएराती प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता भएको हो । आफूहरूबीच आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे निरन्तर सँगसँगै काम गर्ने विषयमा कुरा भएको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ट्वीट् मार्फत जानकारी दिनुभएको छ ।
रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र युक्रेनको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतामा दुवै देशको समर्थन रहेको विषयमा पनि कुरा भएको जनाइएको छ । यस्तै नेपालको संसदले एमसीसी सम्झौता अनुमोदन गरेको सन्दर्भ पनि कुराकानीका क्रममा उठ्नको पनि अमेरिकी विदेशमन्त्री ब्लिन्कनले उल्लेख गर्नुभएको छ ।
नेपाल सरकारले भने अमेरिकी विदेशमन्त्रीसँगको कुराकानीबारे केही बताएको छैन ।
Categorized in राष्ट्रिय