एकता र सद्भाव राख्न प्रधानमन्त्रीको अपील
SamacharDesk | २०८० भाद्र १०, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा एक अपिल जारी गरिएको छ ।
उहाँले एकता र सद्भावको पक्षमा उभिन देशवासीलाई अपिल गर्नुभएको छ । अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन आग्रह गर्नुभएको हो ।
साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।
विमतिहरुलाई संवादको माध्यमबाट राजनीतिक दल, सामाजिक संस्था, धार्मिक समुदायको महत्वपूर्ण भूमिका हुने स्मरण गराउँदै प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि धरानवासीसहित सबै नेपालीमा अपिल गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न र एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
शनिबार सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका थिए ।
स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्था तरहराको पानीपियामा आन्दोलित भएका हुन् ।
शुक्रबार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको थियो ।
