arin enterprises

रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाईटेडले विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २९, आइतबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले विजय भएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोलले हराएको हो ।

घरेलु मैदानमा खेलको युनाईटेडकोलाई जिताउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा मार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । युनाईटेडका ह्यारी मग्वाएरले ७२ औं मिनेटमा आत्मघाती गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।

८१ औं मिनेटमा रोनाल्डोले गोल गरि ह्याट्रिक पूरा गर्दा युनाईटेड ३–२ गोलले विजय भयो ।

युनाईटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । यस ह्याट्रिकसँगै क्रिस्टियानो रोनाल्डोले ८ सय ७ गोल पूरा गर्दै व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।

यो जितसँगै २९ खेलमा ५० अंक जोड्डै युनाईटेड चौंथौ स्थानमा रहेको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स