arin enterprises

गैरसैनिकहरु युक्रेन छाड्न रुसले युद्ध विराम गर्यो

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २४, मंगलबार

रुसले मगंलबार विहानदेखि युद्धविराम गरेको छ । उसले गैरसैनिकहरुलाई युक्रेन छाड्नका लागि युद्धविराम हुने जनाएको हो ।

संयुक्त राष्ट्र संघको लागि रुसी राजदुत भासिले नेबेन्चियाले मगंलबार राजधानी मस्कोको स्थानीय समाचार अनुसार १० बजेदेखि युद्धविराम जारी हुने बताउनुभएको हो ।

युक्रेनी शरणार्थीहरुलाई आफूलाई पायक पर्ने देशमा जान युद्धविराम गरेको अलजजिराले उल्लेख गरेको छ ।

राजधानी किभ, चेर्निगोभ, सुमी र मारियापोलबाट मानवीय कोरिडर निर्माण गरी छिमेकी देशसम्म सुरक्षित रुपमा शरणार्थीहरुले जान पाउने भएका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र बेलारुसलाई शत्रुहरुको देश भन्दै युक्रेनी जनता ती मुलुकमा जान पाउने प्रस्तावमाथि प्रतिबन्ध लगाउनुभएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय