arin enterprises

मेयर शाक्यबाट आकाशे पुल उद्घाटन

SamacharDesk | २०७८ चैत्र २, बुधबार

माइतीघरमा आकाशे पुल निर्माण भएसँगै त्यहाँ पैदल हिँड्ने र बाटो काट्नेहरुलाई सहज भएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गर्नुभएको छ ।

आज एक कार्यक्रमका बीच उक्त आकाशे पुल उद्घाटन गर्दै मेयर शाक्यले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताउनु भयो ।

उहाँले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताउनु भयो । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराउनु भयो । तथापिजहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार उक्त स्थानमा छनोट गरियो र पुल निर्माण भयो भन्नुभयो । उहाँले भन्नुभयो उक्त क्षेत्रमा सर्वोच्च अदालत परिसर भएको हुनाले भीडभाड पनि अत्यधिक रहेको छ जसले गर्दा सडक क्रस गर्न धेरै गाह्रो भएको देखियो र पुलको निर्माण गरेको उहाँले बताउनुभयो ।

मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

Categorized in स्थानीय