arin enterprises

टीआरसी विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण

SamacharDesk | २०८१ भाद्र १३, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी ९टीआरसी० विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले  जारी विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’’ 

यसअघि २०७९ फागुन २५ गते संसदमा दर्ता भएको विधेयकमा राजनीतिक दलहरुबीच मतभेद हुँदा अघि बढ्न सकेको थिएन । कांग्रेस, एमाले र माओवादीबीच विधेयकका विवादित बूँदाहरुमा सहमति जुटेपछि विधेयक अघि बढाइएको हो ।

विशेषगरी द्वन्द्वकालमा भएका गम्भीर मानवअघिकार उल्लंघनका घटनालाई कसरी मिलाउने भन्ने विषयमा विवाद हुँदा शान्ति प्रक्रिया शुरु भएको १८ वर्ष पुगिसक्दा पनि द्वन्दकालिन मुद्धाहरु जस्ताको तस्तै थिए ।

यो विधेयक कानुन बनेपछि त्यस्ता मुद्धाहरुको स्थायी समाधानको बाटो खुल्ने विश्वास गरिएको  छ ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082