arin enterprises

सहकालका देवता मच्छिन्द्रनाथको रथ असन पुर्याइयो

SamacharDesk – Ram Dangol | २०७८ चैत्र २६, शनिबार

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु भएको छ । हरेक वर्ष चैत्र शुल्क अष्टमी चैते दशैंदेखि शुभारम्भ हुने गर्दछ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय् अथवा सेता मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलको तीनधारा पाठशालाबाट चैत्र शुल्क अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गरिँदै आएको छ । 

रथयत्राको पहिलो दिन आज जनबहालस्थित मच्छिन्द्रनाथको मन्दिरबाट सानो खटमा राखी गुरुजुहरुले बोकेर बाजागाजाका साथ जात्रा गरेर जमलको तीनधारा पाठशालासम्म लगियो र त्यहाँ रहेको नौतले शिखर शैलीको रथमा राखेर बाजागाजा र जात्राका साथ तानियो । उक्त रथ गुरुजुको पल्टनसहित स्थानीय बाजागाजासहित जात्र गरी असनको अन्नपूर्ण मन्दिर नजिकसम्म पु¥याएको छ र आजको रथ जात्रा समापन गरेको छ । जसलाई स्थानीय भाषामा याःन्याकेगु भनिन्छु । 

भोलि भने असनबाट हनुमान ढोका अगाडिसम्म रथ तानेर राखिन्छ र त्यसको भोलिपल्ट मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म रथ तानेर जात्रा मनाइन्छ ।

रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ । मच्छिन्द्रनाथको रथ यात्राको यो अन्तिम दिन लगन टोलमा रथ पु¥याउनेबित्तिकै जीवित देवी कुमारीलाई विमानखट अर्थात् सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।

 

Categorized in संस्कृति