arin enterprises

रुसलाई हराउन नेटोसँग युक्रेनले थप हतियार माग्यो

SamacharDesk | २०७८ फाल्गुण २२, आइतबार

रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाई रहेको छ ।

युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न युक्रेन सक्षम रहेको समेत युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको दावी छ ।

यसैबिच रुस र यूक्रेनबीच जारी संघर्षको १० औँ दिन रुसले युक्रेनको दुई शहरमा अस्थायी युद्धविरामको घोषणा गरिएकोमा त्यो असफल भएको छ । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा आफ्नो आक्रमणलाई जारी राखेको छ । यी दुई शहरमा फसेका नागरिकको उद्धार र सहयोगका लागि रुसी सेनाले स्थानीय समयअनुसार १० बजेबाट ६ बजेसम्मका लागि आक्रमण रोकेको थियो । युक्रेनको अधिकाशं क्षेत्रमा मानवीय संकट चुलीदै गएपछि रुसले अस्थायी युद्ध विरामको घोषणा गरेको हो । तर त्यो सफल हुन सकेन ।

मरिउपोल शहरमा रुसी सेनाको भिषण बमबारी जारी छ । संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनका झण्डै १२ लाखभन्दा बढी नागरिक देश छोडेर छिमेकी देशमा पलायन भएका छन् । उता रुसमाथिको आर्थिक नाकाबन्दीलाई थप कडा पार्दै भिजा र मास्टरकार्डले रुसमा आफ्नो सेवा बन्द गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय