arin enterprises

विश्व हेपाटाइटिस दिवस मनाईंदै

SamacharDesk – Ram Dangol | २०८० श्रावण १२, शुक्रबार

विश्वमा हेपाटाइटिसविरुद्धको जनचेतना फैलाउने दिवसको रुपमा जुलाई २८ का दिन विश्वभर आज हेपटाइटिस दिवस मनाईंदैछ ।

भाइरल संक्रमणका कारण कलेजोमा देखिने संक्रमण नै हेपाटाइटिस हो । हेपटाइटिस ए, बी, सी, डी, ई गरी ५ प्रकारका हुन्छन् । हेपाटाइटिस बी र सी लाई एचआइभी एड्स, क्षयरोग जस्तै घातक रोग मानिन्छ ।

यो बर्ष विश्व हेपाटाइटिस दिवशको नारा “एक जीवन एक कलेजो” तय गरिएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज ।

खतरनाक स्वास्थ्य समस्या मानिएको ‘हेपाटाइटिस’ आधुनिक युगमा पनि उत्तिकै विकराल रूपमा देखापरिरहेको छ । विश्वभर हरेक बर्ष हेपाटाइटिसकै कारण १३ लाख मानिसको मृत्युको हुने गरेको तथ्याकं छ ।

हेपाटिाइटिसले सिधै कलेजोमा संक्रमण गर्ने भएपनि बी र सी लागेका ८० देखि ९० प्रतिशत मानिसमा पुर्णरुपमा रोग नलागेसम्म कुनै लक्षण नदेखिने हुँदा अरुमा फैलाउनुका साथैे अन्तिम अवस्थामा पुगी मृत्युवरण गर्नुपरेको धेरै उदारहण रहेका छन् ।

नेपालको सन्दर्भमा स्वास्थ्य सेवा सहज  पहुँच भएका शहरी ठाउँमा समयमै पत्ता लगाउन सके हेपाटाइटिसको उपचार सामान्य भैसकेको छ । तर प्रविधि र चिकित्सकको अभाव भएका हिमाली गाउँमा भने समयमै रोगको पहिचान नभएको अवस्थामा हेपाटाइटिस ३० देखि ४० प्रतिशत सम्म फैलिएको पाइएकोे छ ।

मौन माहामारी भनिने हेपाटाइटि बी र सी को उपचार १० बर्षअघि १०, १२ लाखको रहेको भएपनि अहिले ६० देखि ७० हजारमा यो रोग निर्मुल पार्न सकिने चिकित्सकको भनाई छ ।

सामान्यतय, हेपाटाइटिस ए, डी र ई अस्वस्थ खानेकुरा, फोहर ठाउँका कारण लाग्ने गर्दछ, जसको उपचार पनि सहज छ । हेपाटाइटिस सी लामो समय लागुपदार्थ दुव्र्यसनीमा बढी पाइएको छ भने सुइको साटासाटबाट, लामो समय विदेश बसेर आएका आमाको कोखबाट सन्तानमा, असुरक्षित यौन सम्पर्कबाट हेपाटाइटिस फैलिने गरेको छ ।

अहिले बच्चा बेलामा हेपाटाइटिसको खोप लगाउनाले यो रोग सर्न पाउँदैन तर नेपालमा हेपाटाइटिसका विरामी नबढेको भएपनि कमी भने नआएको चिकित्सकको निष्कर्ष छ ।

तसर्थ समयमै परीक्षण गरी सावधानी अपनाउन सके सम्भावित गम्भीर क्षति कम गर्न सकिने चिकित्सकहरुले सुझाएका छन् । हेपाटाइटिसबारे जागरुकता बढाउन हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ ।

अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अझै धेरै मानिसहरू गुमाउनेछौँ । स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्छ ।

यस्ता भयानक रोगबाट ग्रसित हुनुपर्दा त मृत्युकै बाटो रोज्नुपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य ।

Categorized in राष्ट्रिय