arin enterprises

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाहीका लागि सिफारिस

SamacharDesk | २०८१ पौष ५, शुक्रबार

काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाहीका लागि सिफारिस गरेको छ ।

गुरागाईँले काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबारहीको सिफरिस गरेको महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै जनाएको छ।

गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको पाइएपछि उनीमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

पुरानो बसपार्कमा महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स र काठमाडौँ महानगरबीच सम्झौता भएको थियो ।

सम्झौता बमोजिम दुई तला बेसमेन्ट र भुई तलादेखि १० तलासम्म गरी जम्मा १२ तलाको निर्माण गर्न नक्सा पास गरिएको थियो ।

२८ नम्बर वडा कार्यालयका इञ्जिनियरले गरेको फिल्ड प्रतिवेदनमा नक्सापास विपरित निर्माण भईरहेको पाइएको महानगरपालिकाले जनाएको छ ।

Categorized in स्थानीय