arin enterprises

अभिनेता आशिषले गरे ६० वर्षको उमेरमा विवाह

SamacharDesk – समाचारडेस्क | २०८० जेठ ११, बिहिबार

बलिउडका एक दिग्गज कलाकारको रुपमा परिचित आशिष विद्यार्थीले ६० वर्षको उमेरमा विवाह गरेका छन् ।

विशेष गरी खल र चरित्र भूमिकामा लोकप्रिय रहेका कलाकार आशिषले आसामकी रूपाली बरुआसँग विवाह गरेका हुन् ।

आशीष र रुपालीले आज बिहिबार कोर्ट म्यारिज गरेका हुन् । कलकत्तामा भएको विवाहमा उनका परिवार र नजिकका साथीहरुको मात्र उपस्थिती रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

आशिषसँग विवाह गरेकी रुपाली फेसन इन्डस्ट्रिजसँग आवद्ध छिन् ।

यो आशिषको दोश्रो विवाह हो । यस अघि आशिषले अभिनेत्री राजोशी विद्यार्थीसँग विवाह गरेका थिए ।

आशिषले हिन्दीसँगै विभिन्न ११ भाषाका सय भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् । आशिष विद्यार्थी सामाजिक संजालमा निकै सक्रिय रहने गर्छन् । आशिष फूड भ्लगिङ पनि गर्ने गरेका छन् ।

Categorized in पेजथ्री
SKIP THIS maharjan complex bumper adv